ad ad

समाज


कोरोना संक्रमणबाट अफगानिस्तानमा डाक्टरको मृत्यु

कोरोना संक्रमणबाट अफगानिस्तानमा डाक्टरको मृत्यु

नेपालखबर
चैत २५, २०७६ मंगलबार ३:६,

अफगानिस्तान राजधानी काबुलमा कोरोना भाइरस (कोभिड—१९) संक्रमित बिरामीको उपचाररत एक जना डाक्टरको मृत्यु भएको छ। अफगानिस्तानमा कोरोना संक्रमणबाट डाक्टर मृत्यु भएको यो पहिलो घटना हो।

अफगानी स्वास्थ्य मन्त्रालयले डाक्टरको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि गरेको हो। उनी काबुलको एक निजी अस्पतालमा काम गर्थे। अब उनीसँगै काम गर्ने २० स्वास्थ्यकर्मीको कोरोना परीक्षण गराइन लागेको मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताएका छन्।

अफगानिस्तानमा अहिलेसम्म कोरोना भाइरसका ३६७ संक्रमित देखिएका छन्। १० जनाको मृत्यु भइसकेको छ। इरानसँग सीमा जोडिएको हेरात प्रान्तमा सबैभन्दा बढी कोरोना संक्रमित देखिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .