समाज


७० वर्षीय वृद्धको दामोदर कुण्डमा लेक लागेर मृत्यु

७० वर्षीय वृद्धको दामोदर कुण्डमा लेक लागेर मृत्यु

फाइल तस्बिर


नेपालखबर
जेठ २३, २०८२ शुक्रबार ९:५१, काठमाडौँ

मुस्ताङमा रहेको दामोदर कुण्ड पुगेका ७० वर्षीय एक वृद्धको लेक लागेर मृत्यु भएको छ। 

लो-घेकर दामोदर कुण्ड गाउँपालिका-४ मा अवस्थित दामोमर कुण्डमा  पुगेका नुवाकोटका ७० वर्षीय भोजबहादुर सिटौलाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। 

सिटौला तीर्थयात्राको क्रममा त्यहाँ पुगेका थिए। गएको बुधबारै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए। 

मृतकको शव आज हेलिकोप्टरबाट नुवाकोट ल्याउने तयारी भएको परिवारका सदस्यले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad