ललितपुरमा विद्युत्को पोल सार्ने क्रममा पोलले किचेर एक जनाको मृत्यु भएको छ।
आज गोदावरी नगरपालिका– १४ स्थित सरस्वतीटार टोलमा बाटो निर्माणको सिलसिलामा जेसीबीले पोल अड्याउन नसक्दा उक्त पोलले थिचिएर स्थानीय ५५ वर्षीय रमेश शाहीको मृत्यु भएको प्रहरी वृत्त बाँडेगाउँका प्रहरी निरीक्षक विक्रम केसीले जानकारी दिए।
उक्त घटनापछि आक्रोशित स्थानीयले जेसीबीको सिसा फुटाइदिएका छन्। मृतकको शवलाई परीक्षणका लागि पाटन हस्पिटल पठाइएको प्रहरीले जनाएको छ।
96
Shares

प्रतिक्रिया