समाज


विदेशी मुद्रा सटही गरिदिने भन्दै २६ लाख ठगी गरेको आरोपमा दुईजना पक्राउ

विदेशी मुद्रा सटही गरिदिने भन्दै २६ लाख ठगी गरेको आरोपमा दुईजना पक्राउ

नेपालखबर
जेठ २०, २०८२ मंगलबार २०:५०, काठमाडौँ

काठमाडौँका विभिन्न स्थानमा विदेशी मुद्रा सटही गरिदिने भन्दै २६ लाख रुपैयाँ बराबरको नगद तथा सुनका गहना ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–११ बस्ने वर्ष ३८ को दान बहादुर तामाङ र वडा नं १२ बस्ने वर्ष २६ को दान बहादुर तामाङ रहेका छन्।

काठमाडौँको विभिन्न स्थानहरूमा सर्वसाधारण नागरिकहरूलाई आफूहरू भर्खरै विदेशबाट आएको र साथमा रहेका विदेशी मुद्रा सटही गर्न सहयोग गरी दिए सो बापत रकम दिउँला भनी झुक्यानमा पारी साथमा रहेका सुनका गहनाहरू तथा नगद लिई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गोकर्णेश्वर नगरपालिका ६ नारायणटारबाट पक्राउ गरेको हो। 

पक्राउ परेका उपर काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप भइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

उनीहरूविरुद्ध हालसम्म १० वटा जाहेरी समेत परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad