समाज


‘पत्रकारलाई यसै छाड्दिन’ भन्ने सिरहा नगर प्रमुखको अभिव्यक्तिप्रति महासंघले जनायो आपत्ति

‘पत्रकारलाई यसै छाड्दिन’ भन्ने सिरहा नगर प्रमुखको अभिव्यक्तिप्रति महासंघले जनायो आपत्ति

नेपालखबर
जेठ १४, २०८२ बुधबार १५:२, काठमाडौँ

सिरहा नगरपालिकाका प्रमुख डा. नवीनकुमार यादवबाट सार्वजनिक भएको पत्रकारलक्षित धम्कीपूर्ण अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।

यही जेठ १२ गते सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नगरपालिकामा गरेको छानबिनको समाचार संप्रेषण भएपछि ‘कुन हैसियतमा समाचार लेखेको, पत्रकारलाई यसै छाड्दिन’ भनेर यादव सामाजिक सञ्जालमार्फत पत्रकारविरुद्ध खनिएको महासंघ सिरहा शाखाले जनाएको छ।

महासंघले ‘स्वतन्त्रतापूर्वक सञ्चारकर्ममा जुट्ने स्वतन्त्रता संविधानमा निर्दिष्ट छ’ भन्दै ‘यही दायित्व निर्वाह गरेको निहुँमा पत्रकारमाथि भएको यो कर्मलाई महासंघले अत्यन्त निन्दनीय र प्रेसविरोधी कदमको रुपमा लिएको’ जनाएको छ।

महासंघले प्रेस स्वतन्त्रताको सम्मान गर्न र यस्ता हर्कत नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad