स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलाली, कञ्चनपुर र बाग्लुङ जिल्लामा कोरोनाको तीव्र परीक्षणका लागि टोली खटाएको जनाएको छ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जिल्लामा कोरोना संक्रमित भेटिएपछि तीव्र परीक्षण गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषदको निर्णयअनुसार आइतबार बसेको राष्ट्रिय अनुसन्धान परिषद्, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विज्ञ टोलीको बैठकले आइतबार नै तीन वटा जिल्लामा खटाउने टोली बनाइ पठाएको मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो।

प्रतिक्रिया