समाज


राशिफल १० जेठ : मेषको स्वास्थ्यमा समस्या, धनुलाई नगरेको कामको आरोप, तपाईँको के?

राशिफल १० जेठ : मेषको स्वास्थ्यमा समस्या, धनुलाई नगरेको कामको आरोप, तपाईँको के?

ज्यो. मेनुका दाहाल
जेठ १०, २०८२ शनिबार ४:३४, काठमाडौँ

आज शनिबार, १० जेठ २०८२ (२४ मे २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: स्वास्थ्यमा समस्या देखिन सक्छ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुनेछ। साँझमा भने सफल यात्राको योग छ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ३५, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष: पारिवारिक भेटघाटमा रमाइनेछ। आफन्त र साथीभाइबाट सहयोग प्राप्त हुनेछ। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ। प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य सम्पन्न हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन: रमणीय, सुखद र धार्मिक यात्राको योग छ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। वैदेशिक कामबाट राम्रै सफलता मिल्ला।

भाग्यशाली रङ पर्पल र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कर्कट: काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। चिताएको कामले तीव्रता लिनेछ। रोकिएका काम पनि फत्ते हुनेछन्। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, वैदेशिक कार्यमा ५२ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। उत्तर दिशा नजाने।

सिंह: कार्य सम्पादनमा समस्या आउला। अध्ययनमा त्यति ध्यान दिन नसकिएला। यात्रामा मालसामान हराउन सक्छ। साँझमा भने लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। प्रेमीको साथ पाइनेछ।

भाग्यशाली रङ खैरो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, वैदेशिक कार्यमा ७५ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। छलकपट नगर्ने।

कन्या: बजार घुम्ने अवसर मिल्नेछ। प्राविधिक क्षेत्रबाट बढी सफलता मिल्नेछ। धार्मिक, सांस्कृतिक, दान पुण्य जस्ता कार्यमा सहभागी भइनेछ। केही नयाँ कुरा खरिद गर्न सकिनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, वैदेशिक कार्यमा ६३ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। झुट नबोल्ने।

तुला: रमाइलो यात्राको योग छ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। धर्मकर्ममा रुचि बढ्ने र शुभकार्यको चर्चा चल्नेछ। एउटै कामबाट दोहोरो लाभ हुनेछ। बन्धुबान्धवले सहयोग गर्ने छन्। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला।

भाग्यशाली रङ सेतो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

वृश्चिक: मन अध्यात्मतर्फ मोडिनेछ। प्रेम र मित्रताको बन्धन कसिन्छ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। व्यापार व्यवसायमा उन्नति होला। आर्थिक वृद्धि हुने देखिन्छ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।

भाग्यशाली रङ आकासे र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

धनु: नगरेको कामको आरोप खेप्नुपर्ने सम्भावना छ। पढाइलेखाइमा प्रगति गर्न नसकिएला। यात्रामा सावधानी अपनाउनु पर्नेछ। साँझमा प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।

भाग्यशाली रङ सेतो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४३, व्यापारमा ५९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

मकर: आँटे-ताकेको पूरा हुनेछ। अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६२, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ: रमणीय र सुखद यात्राको योग छ। मनमा सेवा र सहयोग भाव आउला। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। कला र गलाको प्रभाव बढ्नेछ। आहारविहारप्रति सजग रहनु पर्छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

मीन: दैनिक कार्यमा प्रगति हुनेछ। रोकिएका काम पुन: प्रारम्भ हुनेछन्। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। सामाजिक र वैदेशिक कार्य सहजै अघि बढ्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ७०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad