समाज


गृह मन्त्रालयका सहसचिव भट्टराई अख्तियार नियन्त्रणमा

गृह मन्त्रालयका सहसचिव भट्टराई अख्तियार नियन्त्रणमा

नेपालखबर
जेठ ७, २०८२ बुधबार १७:३८, काठमाडौँ

नेपाल सरकारका एक सहसचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएर टंगालस्थित कार्यालयमा राखेको छ।  

भट्टराईलाई मंगलबार मात्रै गृह मन्त्रालयमा ल्याइएको थियो। यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए। उनको ठाउँमा पाँचथरका प्रमुख जिल्ला अधिकारी रहेका विष्णु कोइरालालाई पठाइएको छ। 

नेपालीलाई विभिन्न श्रम गन्तव्यमा भिजिट भिसामा पठाउने गिरोहसँग मिलेर रकम उठाएको उजुरी परेपछि केहीबेरअघि मात्रै अख्तियारको टोलीले विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारेको थियो। त्यसक्रममा केही डिभाइस तथा कागजात पनि नियन्त्रणमा लिइएको छ।

अहिले भट्टराईसँग सोधपुछ भइरहेको अख्तियार स्रोतले जानकारी दिएको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad