समाज


कोरोनाबाट अहिलेसम्म ५९१४१ को मृत्यु, संक्रमितको संख्या ११ लाख नजिक

 कोरोनाबाट अहिलेसम्म ५९१४१ को मृत्यु, संक्रमितको संख्या ११ लाख नजिक

नेपालखबर
चैत २२, २०७६ शनिबार १:२४,

संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट शुक्रबार एकै दिन ५९ सय ७३ जनाको मृत्यु भएको छ।

यो कोरोना संक्रमणको कारण एकै दिन भएको अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हो। शुक्रबार कोरोनाका ८२ हजार ७ सय ४५ जना नयाँ संक्रमित थपिएका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अहिलेसम्म ५९ हजार १ सय ४० पुगेको छ भने संक्रमितको संख्या १० लाख ९८ हजार ६ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ।

यो शनिबार बिहान ७ बजेसम्मको तथ्यांक हो। अहिलेसम्म २ लाख ८७ हजार ५ सय ४५ जना उपचारपछि निको भएका छन्।

अमेरिकामा शुक्रबार कोरोना संक्रमणबाट १३ सय २० जनाको मृत्यु भएको छ। ३२ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ६५ पुगेको छ। संक्रमणबाट ७ हजार ३ सय ९१ जनाको मृत्यु भएको छ।

अमेरिकापछि शुक्रबार फ्रान्समा धेरैको मृत्यु भएको छ। त्यहाँ हिजो एकै दिन ११ सय २० जनाको मृत्यु भएको छ। ५२ सय ३३ जना नयाँ संक्रमित थपिएका छन्। फ्रान्समा अहिलेसम्म मृतकको संख्या ६५ सय ७ र संक्रमितको संख्या ६४ हजार ३ सय ३८ पुगेको छ।

त्यसैगरी स्पेनमा हिजो एकै दिन ८ सय ५० जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या ११ हजार १ सय ९८ पुगेको छ भने संक्रमितको संख्या १ लाख १९ हजार १९९ पुगेको छ।

कोरोना संक्रमणबाट अहिलेसम्म सबैभन्दा बढी इटालीमा १४ हजार ६ सय ८१ जनाको मृत्यु भएको छ। त्यहाँ शुक्रबार ७ सय ६६ जनाले ज्यान गुमाएका छन् भने ४५ सय ८५ जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ अहिलेसम्म संक्रमितको संखया १ लाख १९ हजार ८ सय २७ पुगेको छ।

युकेमा शुक्रबार ६ सय ८४ जनाको मृत्यु भएको छ। त्यहाँ हिजो ४४ सय भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म त्यहाँ ज्यान गुमाउनेको संख्या ३६ सय र संक्रमितको संख्या ३८ हजार नाघेको छ।

त्यसैगरी शुक्रबार जर्मनीमा १६८, इरानमा १३४, बेल्जियममा १३२, नेदरल्यान्डमा १४८, टर्कीमा ६९, स्वीटजरल्यान्डमा ५५, क्यानाडामा ३५, ब्राजिलमा ३९, पोर्चुगलमा ३७, स्वीडेनमा ५०, इक्वेडरमा २५, आएरल्यान्डमा २२, फिलिपिन्समा २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

छिमेकी देश भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ र संक्रमितको संख्या २५ सय ६७ पुगेको छ।

अर्को छिमेकी देश चीनमा शुक्रबार यसको संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने ३१ जना नयाँ संक्रमित थपिएको छन्। चीनमा अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३३ सय २२ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .