समाज


शुक्रबार ९४ नतिजा सार्वजनिक, ४४ परीक्षण जारी

शुक्रबार ९४ नतिजा सार्वजनिक, ४४ परीक्षण जारी

नेपालखबर
चैत २१, २०७६ शुक्रबार १८:२८,

नेपालमा शुक्रबारसम्म कोरोना भाइरस परीक्षण गराउनेको संख्या १२ सय २९ पुगेको छ।

तीमध्ये शुक्रबार ९४ जनाको नतिजा आएको हो। यीमध्ये कुनै पनि रिपोर्टमा कोरोना भाइरस नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म नेपालमा ६ जना कोरोना संक्रमित भएका छन्। जसमध्ये १ जना निको भइसकेका छन् भने ५ जना उपचारमा छन्।

शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार ४४ बिरामीको नमुना (स्वाब) परीक्षण क्रममा छन्। जसको नतिजा आउना बाँकी छ।

केही दिनयता काठमाडौं बाहिरका जिल्लामा पनि कोरोना परीक्षण हुन थालेका छन्। यसअघि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै कोरोना परीक्षण हुन्थ्यो।

तर अहिले सरकारा देशका सातै प्रदेशमा यो सेवा विस्तार गरेको जनाएको छ।

शुक्रबार टेकुको प्रयोगशालाबाट ५९ जनाको रिपोर्ट आएको छ। जसमा सबै नेगेटिभ छन्।

यसैगरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालाबाट २४ रिपोर्ट आएको र सबै नेगेटिभ आएको मन्त्रालयको शुक्रबारको तथ्यांकमा उल्लेख छ। अब त्यहाँ १५ परीक्षणको नतिजा आउन बाँकी छ।

यस्तै हटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा ५ वटा नमुना परीक्षण भइरहेको छ भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शुक्रबार ६ जनाको रिपोर्ट नेगेटिभ आएको र अब १३ परीक्षणको परिणाम आउन बाँकी छ।

यसैगरी जनकपुर प्रादेशिक अस्पतालमा ५ नमुनाको परीक्षण जारी छ भने धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट शुक्रबार एक जनाको नेगेटिभ रिपोर्ट आएको छ। अब त्यहाँबाट तीन जनाको रिपोर्ट आउँदै छ।

यस्तै सुर्खेत प्रादेशिक अस्पतालबाट शुक्रबार कोरोना परीक्षणको ४ नतिजा आएको छ, जुन सबै नेगेटिभ छन् भने ३ नमुना परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad