कोरोना भाइरसबाट जहाजीहरुलाई बचाउन गुहार माग्ने विमानवाहक जहाजका कप्तानलाई अमेरिकी नौसेनाले जिम्मेवारीबाट बर्खास्त गरेको छ।
आणविक शक्तिले चल्ने यूएसएस थियोडर रुजबेल्ट नामक युद्धपोतका जहाजीहरु बिरामी पर्न थालेपछि सोमबार कप्तान ब्रेट क्रोजियरले उनीहरुलाई बचाउन आग्रह गर्दै चार पृष्ठ लामो पत्र लेखेका थिए।
‘आज मेरो निर्देशनमा यूएसएस थियोडर रुजबेल्टका कमान्डिङ अफिसर कप्तान ब्रेट क्रोजियरलाई जिम्मेवारीबाट हटाइएको छ,’ बिहीबार नौसेनाका कार्यबाहक सचिव टमस मोड्लीले भने।
क्रोजियरले २० देखि ३० जनासम्मलाई सो पत्र पठाएको र सो ‘खराब निर्णय’ का कारण उनलाई जिम्मेवारीबाट हटाइएको मोड्लीले जनाए।
कप्तान क्रोजियर
यसअघि क्रोजियरले कप्तानले सूचना दिएर सही कदम चालेको बताएका थिए। तर, बिहीबार अचानक उनलाई जिम्मेवारीबाट हटाइएको छ।
सो विमानवाहक जहाज हाल गुआममा छ। बिहीबारसम्ममा त्यहाँका ४ हजार जहाजीमध्ये १ सय १४ मा कोरोना संक्रमण देखिएको छ।
अहिले जहाजीहरुलाई गुआममा उतार्न सुरु गरिएको छ। एजेन्सी
यो पनि:
अमेरिकी विमानवाहक जहाजका कप्तानको गुहारः जहाजीहरुलाई मर्नबाट बचाउनुस्

प्रतिक्रिया