समाज


राशिफल ३१ वैशाख : धनुको घरमा झमेला हुने, मकरको प्रेममा माधुर्य छाउने, तपाईँको के?

राशिफल ३१ वैशाख : धनुको घरमा झमेला हुने, मकरको प्रेममा माधुर्य छाउने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
बैशाख ३१, २०८२ बुधबार ४:३३, काठमाडौँ

आज बुधबार, ३१ वैशाख २०८२ (१४ मे २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: नयाँ ठाउँमा आर्थिक लगानी उपलब्धिमूलक नहुने, ताकेका काममा बाधा, सङ्कटको सामना गर्दै उपलब्धि हासिल गर्नुपर्ने, अधिकार प्राप्तिका लागि संघर्ष, विवाद बढ्न सक्ने खतरा, साँझमा राम्रो खबर पाइनेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। पश्चिम दिशाको यात्रा नगर्ने।

वृष: चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुन सक्ने, राजनीतिक कार्यमा सफलता, बन्धुबान्धवबाट सहयोग, दैनिक कार्यमा सफलता, प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।

भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

मिथुन: आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने, धनार्जनका नयाँ स्रोत पत्ता लाग्ने, दिनको उत्तरार्धमा धन खर्च हुने, सामाजिक कार्यमा मन जाने, कूटनीतिक नियोगको सहयोग मिल्ने, वैदेशिक क्षेत्रमा सफल भइनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

कर्कट: दिन भाग्यशाली भएर देखा पर्ने, नयाँ ज्ञान सिक्ने मौका मिल्ने, वैदेशिक कार्य अघि बढ्ने, चिताएको कामले तीव्रता लिने, महिला वर्गबाट विशेष सहयोग हुने, शिक्षामा सफलता मिल्ने, सेयर बजारले साथ दिनेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह: वैदेशिक क्षेत्र कमजोर रहने, लाभहानि, आयव्यय बराबरी रहने खालको दिन, विपरीत वर्गप्रति आकर्षण बढ्ने, कार्य सम्पादनमा समस्या आउने, आत्मबल बढाएर काम गरेमा असफल नभइने।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

कन्या: रमणीय र सुखद यात्राको योग, नयाँ कामको थालनी हुने, मनोरञ्जनमा सहभागी भइएला, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला, कुटुम्बको सहयोग मिल्ने, घरमा अतिथिको आगमन हुने, प्राविधिक कार्यमा मन जानेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

तुला: बुद्धि र विवेकको प्रयोग गर्न सके दिनलाई सकारात्मक बनाउने समय, विशिष्ट व्यक्तिको साथ पाइने, छोटो दूरीको लाभदायक यात्रा होला, वित्तीय संस्थाबाट सहयोग मिल्ने, शुभकार्यको चर्चा चल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक: प्रेम र मित्रताको बन्धन कसिनुका साथै वाहन लाभ हुने समय, घरमा अतिथिको आगमन हुने, धर्मकर्म तथा समाजसेवामा मन लाग्ने, इच्छा-आकाङ्क्षा पूर्ण हुने, आफन्तको प्रगतिमा मन रमाउने, शुभारम्भको चर्चा चल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

धनु: कार्यमा बाधा आउने, अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने, यात्रामा मालसामान हराउन सक्ने, घर व्यवहारमा झमेला हुने, नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ने, आर्थिक कारोबारमा मन्दी आउनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

मकर: नयाँ कार्यको योजना बन्ने, नजिकका व्यक्तिको सहयोगले आँटेको काम सफल हुने, प्रेममा मधुरता छाउने, लगनशीलताले कामहरू अगाडि बढ्ने, दाम्पत्य जीवन सुखमय रहने, दिनको उत्तरार्ध अधिक सुखद रहनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

कुम्भ: पुरानो समस्या सुल्झाउन सकिने, मनमा उत्साहका साथै बोली बिक्ने समय, सभा समारोहमा सहभागी भई मिठो-मसिनो भोजन गर्ने अवसर आए पनि स्वास्थ्यको कारणले सचेत रहनु जरुरी छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

मीन: लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुने, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला, टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुने, सेयर बजारमा विशेष लाभ मिल्ने, वैदेशिक कार्यबाट बढी लाभ र सफलता पाइनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad