समाज


वैदेशिक रोजगारीमा ज्यान गुमाएका १४ जनाका परिवारले पाए क्षतिपूर्ति

वैदेशिक रोजगारीमा ज्यान गुमाएका १४ जनाका परिवारले पाए क्षतिपूर्ति

नेपालखबर
बैशाख २९, २०८२ सोमबार २१:१६, तनहुँ

यहाँस्थित जिल्ला प्रशासन कार्यालयले सुरक्षित आप्रवासन कार्यक्रम (सामी) अन्तर्गत वैदेशिक रोजगारीमा ज्यान गुमाएका १४ परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको छ।

चालु आर्थिक वर्षको साउनदेखि चैत्रसम्मको नौ महिनामा ती परिवारलाई रु तीन करोड ७९ लाख ६८ हजार २५६ उपलब्ध गराएको हो। वैदेशिक रोजगारीमा ज्यान गुमाएका, ठगीमा परेका र घाइते उपचारसहित कूल रु चार करोड ३४ लाख २० हजार २५६ क्षतिपूर्ति रकम उपलब्ध गराएको प्रशासन कार्यालयले जनाएको छ।

ठगीमा परेका बाह्र जनालाई रु ५४ लाख र दुर्घटनामा घाइते एक जनाको उपचारका लागि रु एक लाख रकम उपलब्ध गराइएको सामी कार्यक्रमका परामर्शकर्ता गोमा तिवारीले जानकारी दिए।  

उक्त कार्यक्रम अन्तर्गत १८१ वटा मुद्दा दर्ता भएका छन्। दर्ता भएका मुद्दामध्ये ५४ वटा फर्छ्यौट भएका छन्भने १२७ वटा कारबाहीको प्रक्रियामा छन्।

उनका अनुसार व्यास नगरपालिका ६३, भानुमा पन्ध्र, शुक्लागण्डकीमा २३, म्याग्देमा २१, भीमादमा १३, ऋषिङबाट १२, बन्दीपुर १७, देवघाट चार, घिरिङमा तीन र अन्य जिल्लाबाट नौ मुद्दा दर्ता भएका थिए।

उनले भने, ‘नौ महिनाको अवधिमा वैदेशिक रोजगारीमा जान लागेका नौ हजार १६० जनालाई सचेतनासम्बन्धी परामर्श दिइएको छ।’ 

सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौताअनुसार नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत हेल्भेटास नेपालको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन हुँदै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad