समाज


सुन्धारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

सुन्धारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

नेपालखबर
बैशाख २९, २०८२ सोमबार १७:८, काठमाडौँ

काठमाडौँको सुन्धारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।

सोमबार बिहान भएको दुर्घटनामा तनहुँको आँबुखैरेनी नगरपालिका ५ का ६४ वर्षीय सन्तोष कुमार गुरुङको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

काठमाडौँ महानगरपालिका २२ काठमाडौँ मल अगाडी सडकमा बा ३४ प ४३२० नम्बरको मोटरसाइकल र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो।

बा ३४ प ४३२० नम्बरको मोटरसाइकल चालक गुरुङ ललितपुर इमाडोल बस्दै आएका थिए। दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार १ जना र रा ७ प ८७९५ नम्बरको मोटरसाइकल चालकको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad