आज सोमबार, २९ वैशाख २०८२ (१२ मे २०२५)। हेर्नुस् आजको राशिफल-
मेष: शुभकार्यको चर्चा चल्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। साहित्य तथा सङ्गीतमा रुचि जाग्नेछ। दाम्पत्य जीवन सुखमय रहला। बोलीको प्रभावले अरूको मन जित्न सकिनेछ। आफ्नो प्रभाव बढ्ला।
भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।
वृष: जोस, जाँगर र हिम्मत बढ्नेछ। दैनिक कार्यमा प्रगति हुनेछ। पुनर्मिलनको योग छ। रमणीय र सुखद यात्रा हुनेछ। नयाँ वस्त्र, अलङ्कार प्राप्ति होला। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्।
भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
मिथुन: इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। धनार्जनका नयाँ स्रोत पत्ता लाग्लान्। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ।
भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
कर्कट: कार्यमा अवरोध आउला। गरेको काममा ढिलासुस्ती हुनेछ। विचार गरेर निर्णय लिनु उचित हुन्छ। दबाब र तनाव बढेको महसुस हुनेछ। पारिवारिक समस्या आइपर्ला। नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ३८, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।
सिंह: पारिवारिक सद्भाव बढ्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पादन हुनेछन्। साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ। सहयोगी हात अघि बढ्लान्। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।
कन्या: नयाँ र शुभकार्यको चर्चा चल्नेछ। अकस्मात् सम्पत्ति हात पर्नेछ। धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन जाला। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। नयाँ लक्ष्यप्राप्तिको योग देखिन्छ।
भाग्यशाली रङ आकासे र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६६, वैदेशिक कार्यमा ७२ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूलाई नसताउने।
तुला: कुनै कुराले मन प्रसन्न रहनेछ। खुसियाली बढ्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ला। भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।
भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।
वृश्चिक: लाभहानि बराबर हुनेछ। स्वास्थ्यमा खासै खराबी नआउला। आँटेका काम सबै पूरा नभए पनि नआत्तिकन काम गर्दा राम्रो हुनेछ। वैदेशिक कार्यमा सफलता नपाइएला।
भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
धनु: आकस्मिक धनलाभ हुनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ला। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ।
भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।
मकर: शुभ समाचार सुन्न पाइनेछ। मित्रबाट विशेष सहयोग मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। घरमा अतिथिको आगमन होला। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।
भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७९, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
कुम्भ: एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिएला। आत्मिक सन्तुष्टि मिल्नेछ। तीर्थाटनको योग छ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
मीन: जिद्दीपनाले काम बिग्रन सक्छ। ठूलो लगानी गर्नु जोखिमपूर्ण छ। बोलीको विपरीत अर्थ लाग्न सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
Shares

प्रतिक्रिया