समाज


द्वन्द्वपीडित महिला तथा बालबालिकाको राहतका लागि आयोगले तीन लाख सिफारिस गर्ने

द्वन्द्वपीडित महिला तथा बालबालिकाको राहतका लागि आयोगले तीन लाख सिफारिस गर्ने

तपबहादुर मगर


नेपालखबर
बैशाख २५, २०८२ बिहिबार १५:४७, काठमाडौँ

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले द्वन्द्वपीडित महिला तथा बालबालिकाको राहत सहयोगका लागि उजुरीका आधारमा सरकारलाई सिफारिस गर्ने बताएका छन्।

बिहीबार ललितपुरमा आयोजित महिला शान्ति र सुरक्षाका सम्बन्धमा ‘कार्यान्वयनको हालसम्मको अवस्था र आगामी कार्यदिशा’ विषयक कार्यक्रमका उनले यस्तो बताएका हुन्। 

उनले द्वन्द्वपीडित महिला तथा बालबालिकालाई बढीमा तीन लाखसम्मको राहत सिफारिस गर्न राष्ट्रिय मानवअधिकार आयोगलाई  अधिकार भएको बताए। 

उनले राष्ट्रिय मानवअधिकार आयोगमा परेका उजुरीको छानबिन गरी कार्यान्वयनका लागि सरकारलाई सिफारिस गर्ने काम भइरहेको बताए। 

उनले बेपत्ता महिला तथा बालबालिकाको खोजी कार्य भइरहेको तथा पत्ता लाग्न नसकेको हकमा पनि सोहीअनुसार सार्वजनिक गर्ने बताए। उनले राष्ट्रिय मानव अधिकार अयोगले पीडित महिला तथा बालबालिकालाई न्याय दिएर छोड्ने प्रतिवद्धता व्यक्त गरे।

उनले भने, ‘बेपत्ताको पत्ता लगाउने कुरा त्यो सरकारले गर्नुपर्ने कुरा हो। पत्ता लगाउने भए पत्ता लगाउने नसके त्यही कुरा सार्वजनिक गरिदिने कुरा हो। द्वन्द्वपीडितको संक्रमणकालीन न्याय आयोग गठन भएको छ त्यसले गर्ला भन्ने आशा गरौँ। हामीकहाँ परेको जो उजुरीहरु छन् हामीले काम गरिरहेका छौँ। त्यसमा सिफारिस पनि गरेका छौँ। हामीले गर्नसक्ने भनेको बढीमा तीन लाखसम्मको राहत सिफारिस गर्नसक्छौँ।’

अध्यक्ष मगरले द्वन्द्वपीडित महिला तथा बालबालिकालाई सरकारले गर्नुपर्ने सहयोग र महिला हिंसा तथा यौनहिंसा रोक्न अपनाउनुपर्ने सुरक्षा व्यवस्थालाई आयोगले प्राथमिकताका साथ कार्ययोजनामा राखेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad