नेपाली सेनाका उपरथी मानबहादुर महरालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
मंगलबार प्रधानसेनापति अशोकराज सिग्देलले जंगीअड्डामा महरालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
गतसाताको मन्त्रिपरिषद् बैठकले महरालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। महरा हाल संयुक्त राष्ट्रसंघको लेबनानस्थित युनिफाइल मिसनमा डेपुटी फोर्स कमाण्डरको जिम्मेवारीमा छन्।
मंगलबार नै दुई सहायक रथीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ। सहायक रथीमा बढुवा भएका मनोज थापा र अर्जुन बस्नेतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
420
Shares

प्रतिक्रिया