समाज


अवरुद्ध मध्यपहाडी लोकमार्ग खुल्यो

अवरुद्ध मध्यपहाडी लोकमार्ग खुल्यो

नेपालखबर
असार २१, २०७६ शनिबार ८:४७,

 सडक माथिबाट आएको सुख्खा पहिरोका कारण शनिबार बिहानदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको पर्वत–पोखरा खण्ड खुलेको छ।

 कुश्मा नगरपालिका–८ स्थित दोविल्लामा सुख्खा पहिरो जाँदा शनिबार बिहानदेखि सडक अवरुद्ध बनेको थियो। बिहान ७ बजेदेखि अवरुद्ध बनेको सडक केहीबेर अघिदेखि सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। निर्माणाधीन उक्त लोकमार्ग हिउँदको समयमा चक्ल्याउने क्रममा भिर काटिएको थियो। सोही ठाउँबाट पहिरो खसेको प्रहरीले जनाएको छ।

अवरुद्ध सडक खुलाउन निर्माण कम्पनी लामा कन्स्ट्रक्सनको स्काभेटर र प्रहरी परिचालन गरिएको थियो। ठूला ठूला ढुङ्गा खसेका कारण तीन घण्टाभन्दा बढी सडक अवरुद्ध बनेको थियो। सडक अवरुद्ध हुँदा अलपत्र बनेका धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका लामो दुरीका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।

यसैबीच प्रहरीले वर्षायाममा सडक अवरुद्ध हुनसक्ने भन्दै डोजर र प्रहरीलाई तयारी अवस्थामा राख्ने जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .