समाज


भरतपुर अस्पतालमा मुटु र जलन उपचार सुविधा सुरु

भरतपुर अस्पतालमा मुटु र जलन उपचार सुविधा सुरु

नेपालखबर
बैशाख २२, २०८२ सोमबार १६:३४, काठमाडौँ

चितवनको भरतपुर अस्पतालमा मुटु रोगको उपचार सुविधा सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्याथ ल्याबको उद्घाटन गर्दै मुटु उपचार सेवा सुरुवात गरे।

जिम्मेवारी सम्हाल्नासाथ संघीय राजधानी केन्द्रीत विशिष्टिकृत उपचार प्रदेशस्तरसम्म पुर्याउने घोषणा गरेका मन्त्री पौडेलले क्यान्सरको विस्तारित उपचार, मानव अंग प्रत्यारोपणसँगै मुटु उपचार विस्तार गरेका हुन्।

सेवा उद्घाटन गर्दै मन्त्री पौडेलले प्रदेशस्तरमै नागरिकले सेवा पाउन् भनेर विशिष्ट उपचार विस्तार गरिएको भन्दै भरतपुर अस्पतालमा स्थापित क्याथ ल्याबले नागरिकलाई सहज उपचार दिने विश्वास गरे।
‘विशिष्ट उपचार क्रमैसँग प्रदेशमा विस्तार गर्ने योजना अघि बढेको छ,’ उनले भने।

अस्पतालमा निर्मित जलन वार्डको समेत मन्त्री पौडेलले उद्घाटन गरे। अब भरतपुर अस्पतालमा जलनका बिरामीको समेत उपचार हुने भएको छ। मन्त्री पौडेलले विपन्नलाई जलन उपचार निःशुल्क बनाउँदै प्रदेशस्तरमा सेवा दिने घोषणा गरेका थिए। 

सोहीअनुसार आइतबार भेरी अस्पतालमा सेवा शुरु भएको छ भने सोमबार भरतपुरमा समेत वार्ड सुरुवात गरिएको हो।

अब जलनका बिरामीको अस्पतालमा उपचार सहज हुने भएको छ। यसअघि गम्भीर जलनका बिरामीले काठमाडौं पुग्नुपर्ने बाध्यता थियो। अब भरतपुर तथा आसपासका पायक पर्ने ठाउँका बिरामीलाई त्यो समस्या हटेको छ।

यससँगै संघ सरकारअन्र्तगतको भरतपुर अस्पतालमा सन्तानविहीनका लागि इनफर्टिलिटी क्लिनकसहितका आठ सेवा शुरु भएको छ। वैशाख महिनामा सेवा थाल्ने तालिकाअनुसार अस्पतालमा सेवा शुरुवात भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेलले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad