समाज


सातदोबाटोमा तीव्र गतिको कार बिजुलीको पोलमा ठोकिँदा ३ जना घाइते

रक्सी खाएर कार चलाउने युवक पक्राउ
सातदोबाटोमा तीव्र गतिको कार बिजुलीको पोलमा ठोकिँदा ३ जना घाइते

दुर्घटनामा परेकाे कार


नेपालखबर
बैशाख २२, २०८२ सोमबार १०:४५, काठमाडौँ

ललितपुरमा चालकले मादक पदार्थ खाएर चलाएको कार दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

ललितपुरको हात्तीवन ओरालोमा गएराति तीव्र गतिको कार बिजुलीको पोलमा ठोक्किँदा तीनजना घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए। 

एसपी जोशीले नेपालखबरलाई दिएको जानकारी अनुसार गएराति सवा ११ बजेतिर हात्तीवनबाट सातदोबाटोतर्फ आउँदै गरेको बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोकिँदा दुर्घटना भएको हो। 

‘दुर्घटनामा ललितपुरकै गोदावरी नगरपालिका-३ का विशाल विक गम्भीर घाइते भएका छन्,’ एसपी जोशीले नेपालखबरसँग भने, ‘उनको पाटन अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।’ 

दुर्घटनामा म्याग्दी घर भई हाल गोदावरी नगरपालिका- ३ बस्दै आएका ४० वर्षीय अमरध्वज पौडेल र २९ वर्षीय मोसेर लामिछाने पनि घाइते भएका छन्। उनीहरुको पनि पाटन अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था भने खतरामुक्त रहेको एसपी जोशीले बताए। 

दुर्घटनामा परेको कारका चालक काठमाडौँ महाँकाल घर भएका रूपक सापकोटालाई प्रहरीले पक्राउ गरेको छ। उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

एसपी जोशीका अनुसार सापकोटाले मादक पदार्थ खाएर तीव्र गतिमा चलाउँदा कार दुर्घटना भएको हो। 

कारको ठक्करबाट बिजुलीको पोल नै भाँचिएको छ। भाँचिएको पोल र तार सडकमा लत्रिएको कारण त्यो क्षेत्रमा सडक नै अवरुद्ध भएको प्रहरीले जनाएको छ।

 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad