जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जन्मकैद तोकिएर २३ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा साबिक बिसनपुर गाविस वडा नं ३ हाल शिवराज नगरपालिका–६ बस्ने हाल वर्ष ६१ को सुकई पासी रहेका छन्।
उनले अता वरी कोरीलाई २०५४ भदौ २ गते कर्तब्य गरी हत्या गरेपश्चात हालसम्म फरार रहेको प्रहरीले जनाएको छ।
कपिलवस्तु जिल्ला अदालतको मिति २०५९ असार १७ गतेको फैसला आदेशानुसार जन्म कैद सजाय तोकिएका सुकई पासीलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले वैशाख २० गते शिवराज नगरपालिका–६ बाट पक्राउ गरेको हो।
उनलाई कपिलवस्तु जिल्ला अदालतमा पेश गरि कैद भुक्तानको लागी आजै कारागार कार्यालय कपिलवस्तुमा पठाइएको प्रहरीले जनाएको छ।
3
Shares

प्रतिक्रिया