प्रमुख सत्तारुढ दल नेकपा (एमाले) ले संसदीय दलको बैठक बोलाएको छ।
शनिबार दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा दलको बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।
बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।
बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।
यस्तै, सत्तारुढ अर्को दल नेपाली कांग्रेसले समेत भोलि नै संसदीय दलको बैठक बोलाएको छ।
संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा शनिबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको हो।
456
Shares

प्रतिक्रिया