समाज


टुँडिखेलमा काठमाडौँ महानगरले सीप मेला गर्दै, २०८२ जना लाई तालिम दिने तयारी

टुँडिखेलमा काठमाडौँ महानगरले सीप मेला गर्दै, २०८२ जना लाई तालिम दिने तयारी

नेपालखबर
बैशाख १८, २०८२ बिहिबार १२:३१, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले जेठ ७ गतेदेखि टुँडिखेलमा ‘सीप मेला २०८२’ आयोजना गर्ने भएको छ।

मेलामा २ हजार ८२ जनालाई सहभागी गराउने लक्ष्य रहेको महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले बताए।

सीपयुक्त जनशक्ति भए मात्र सुरक्षित रोजगारी हुने, उत्पादन वृद्धिमा योगदान पुग्ने र यस चक्रबाट देशको आर्थिक समृद्धिमा योगदान पुग्ने भन्दै मेला आयोजना गर्न लागिएको उनको भनाइ छ।

१५ हजार जना युवालाई सीपमूलक तालिम प्रदान गरेर कम्तीमा ५ हजार जनालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यसहित आर्थिक वर्ष २०८०/८१ देखि महानगर गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ। सीप नजानेकालाई सीप सिकाउने, सीपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सीपयुक्त जनशक्ति उपलब्ध गराउने मेला आयोजनाको लक्ष्य रहेको बालेनले मजदुर दिवसका अवसरमा दिएको जानकारीमा उल्लेख छ। 

मेलाको पहिलो संस्करण श्रमिक दिवस २०८१ का दिनदेखि टुँडिखेलमा सुरु भएको थियो। त्यस संस्करणमा तालिमका लागि ६८ हजार ८ सय ६६ जनाले आवेदन दिँदा विभिन्न विधामा २ हजार ८१ जना युवालाई सीपमूलक तालिम प्रदान गर्ने लक्ष्य राखिएको थियो। त्यसमा लक्ष्यभन्दा धेरै २ हजार ५७५ जनाले तालिम प्रदान गरिएको थियो।

यसरी तालिम प्राप्त प्रशिक्षार्थी रोजगार क्षेत्रमा आबद्ध भएको, केही प्रशिक्षार्थी स्वरोजगार बनेको, रोजगारी नभएकालाई उद्योग तथा कम्पनीहरूसँग सहकार्य गरेर प्रशिक्षार्थीका रूपमा काम दिइरहेको पनि महानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad