चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले गरेको निर्णय कार्यान्वयन गर्न माग गर्दै आवासीय चिकित्सकले आज आयोगमा घेराउ गरेका छन्।
माइतिघर मण्डलामा आन्दोलन गर्दै आएका किचिकित्सकले आयोग आफैँले गरेको निर्णय कार्यान्वयन नगरेको भन्दै आयोग कार्यालय घेराउ गर्न गएका हुन्।
चिकित्सकहरुले आयोगका उपाध्यक्ष डा. अञ्जनी कुमार झाको राजीनामासमेत मागेका छन्। निर्णय कार्यान्वयन गर्न असफल भएकोमाग गरेका हुन्।
उपाध्यक्षको राजीनामा माग्दै आयोगमा ताला लगाउन गएका आवासीय चिकित्सकलाई सुरक्षाकर्मीले रोक्न खोजेको थियो।
‘आयोगमा सुरक्षाकर्मी तैनाथ गरिएको छ। हामी आज आयोगमा ताला लगाउन नै आएका हौँ,’ एक चिकित्सकले भने। ‘ काम गर्न नसक्ने भए राजीनामा दिनुपर्यो भन्ने हाम्रो माग हो,’ उनले भने।
आयोगले गत माघ २५ गते नै निजीका आवासीय चिकित्सकलाई आठौँ तह बराबरको निर्वाह भत्ता दिने निर्णय गरेको थियो । आयोगको निर्णय पश्चात पनि निजी मेडिकल कलेजहरुले निर्वाह भत्ता नबढाउने अडान लिएका थिए।
आयोगको १९ औँ बैठकले १६ औँ निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
एमबीबीएसको सिट बढाउने सर्तमा निर्वाह भत्ता बढाउन तयार भए पनि आठौँ तह अन्तर्गत नराखी ४८ हजार मात्र दिने भनेर निजी मेडिकल कलेजहरुले जनाएका छन्।
आठौँ तह नै राख्नु पर्ने अडान लिएका आवासीय चिकित्सले डिउटी आवर र बार्षीक विदाका विषयमा पनि निर्णय हुनु पर्ने माग राखेका छन्। उनीहरुले २८ दिन देखि सेवा बहिष्कार गर्दै माईतिघरमा आन्दोलन गर्दै आएका छन्।
Shares

प्रतिक्रिया