समाज


अगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा क्यान्सर, मुटु र जलन उपचार सेवा विस्तार गछौँ : मन्त्री पौडेल

अगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा क्यान्सर, मुटु र जलन उपचार सेवा विस्तार गछौँ : मन्त्री पौडेल

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार १७:१७, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अगामी आर्थिक वर्षदेखि सातवटै प्रदेशमा क्यान्सर, मुटु तथा जलन उपचार सेवा विस्तार गर्ने गरी सरकार अघि बढिरहेको बताएका छन्।

अगामी आर्थिक वर्षको बजेटबारे सोमबार प्रदेश सरकारहरूसँगको छलफलमा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै तहको सरकारले संयुक्त रूपमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याए। 

हालसम्म ६० वटा आधारभूत अस्पताल भवन निर्माण भइसकेको उल्लेख गर्दै मन्त्री पौडेलले जनशक्ति र आवश्यक उपकरणको अभावका कारण सेवा सञ्चालनमा चुनौती रहेको बताए। 

‘हामी क्यान्सर उपचार सेवा सातवटै प्रदेशमा विस्तार गर्ने गरी अगाडि बढेका छौँ,’ मन्त्री पौडेलले भने, ‘मुटु रोगको उपचार पनि अगामी आर्थिक वर्षदेखि सातवटै प्रदेशमा पुर्‍याउने गरी अगाडि बढेको स्थिति छ। त्यस्तै जलन उपचार पनि सातवटै प्रदेशमा विस्तार गर्नेगरी भौतिक संरचना निर्माणको काम अगाडि बढाएको स्थिति छ।’ 

निर्माणाधीन आधारभूत अस्पताललाई पूर्णता दिन ३० अर्ब बजेट आवश्यक पर्ने उल्लेख गर्दै उनले तीन तहको सरकारबीच सहकार्य हुन जरुरी रहेकोमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad