समाज


शिक्षकलाई शिक्षामन्त्री पन्तले बोलाए वार्तामा

शिक्षकलाई शिक्षामन्त्री पन्तले बोलाए वार्तामा

फाइल तस्बिर


नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १३:५६, काठमाडौँ

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलरत शिक्षकलाई वार्तामा आउन आग्रह गरेका छन्। शिक्षामन्त्री पन्तले प्रेस विज्ञप्ति जारी गर्दै संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गरेका हुन्।  

उनले विज्ञप्तिमार्फत शिक्षक प्रतिनिधिहरूसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भनेर शिक्षक तथा कर्मचारीको चासो हुनु स्वभाविक भएको बताएका छन्।  

निरन्तर संवाद तथा छलफलपछि सामूहिक रुपमा समाधानको उपाय खोज्न पनि वार्ता गर्नुपर्ने उनको भनाइ छ। चैत्र २० गतेदेखि आन्दोलनरत शिक्षकहरूले २४ दिनदेखि सडक आन्दोलन जारी राखेका छन्। 

शुक्रबारको प्रतिनिधिसभा बैठकअघि शिक्षामन्त्री पन्तले देशको बजेट र सीमाभित्र रहेर समाधान खोज्न आफू तयार रहेको बताए।  

'शिक्षकहरुलाई लचिलो भएर वार्तामा आउन आग्रह गर्छु। संविधानको सीमाभित्र, ऐन कानुन र देशको बजेटले भ्याउने  सीमाभित्र रहेर समाधान खोज्न तयार छु,' उनले भने।' 

सवोच्च अदालतले हिजो दिएको आदेश सबै पढेपछि मात्र के गर्ने भनेर भन्ने पनि बताएका छन्। सर्वोच्च अदालतले बिहीबार तीन दिनभित्र शिक्षकलाई विद्यालयमा फर्किने वातावरण बनाउन आदेश दिएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad