शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्नेगरी ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरेको छ। तर, आज मन्त्रिपरिषद् बैठक बस्ने/नबस्ने टुंगो अझै लागेको छैन।
आइतबार शिक्षा मन्त्रालय स्रोतले सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकमा आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्नेगरि प्रस्ताव लैजाने तयारी भएको जनाएको थियो।
तर, आज मन्त्रिपरिषद् बैठक नै बस्ने-नबस्ने टुंगो भइसकेको छैन। प्रधानमन्त्रीको सचिवालयले आज मन्त्रिपरिषद् बैठक हुने-नहुने निश्चित नभएको जानकारी दिएको छ।
‘आज मन्त्रिपरिषद् बैठक हुने नहुने टुंगो लागेको छैन,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले नेपालखबरसँग भन्यो।
माग सम्बोधन नभएसम्म शिक्षकहरूले आन्दोलन नरोक्ने अडान राखेका छन्। यसबाट वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को वार्षिक परीक्षाको अन्योल अझ बढाएको छ।
शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना
शिक्षकहरू २० दिनदेखि सडकमा छन्। आज पनि बिहान ९ः०० बजेदेखि नै माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका छन्।
अझै केही दिन आन्दोलनमा जुट्नुको विकल्प नरहेको शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए।
Shares

प्रतिक्रिया