ललितपुरमा ट्यांकरको ठक्करबाट २ वर्षीय बालकको मृत्यु भएको छ।
महालक्ष्मी नगरपालिका-७ चाँगाथलीमा बागमती प्रदेश- ०१-००३ क ८७३० नम्बरको ट्यांकरले ठक्कर दिँदा बालकको मृत्यु भएको हो।
दुर्घटनामा सोही ठाउँका राजन संज्यालका २ वर्षीय छोरा प्रजन संज्यालको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
दुर्घटनापछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।
444
Shares

प्रतिक्रिया