समाज


यी क्षेत्रमा हुँदैछ आज मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध

यी क्षेत्रमा हुँदैछ आज मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध

नेपालखबर
बैशाख ४, २०८२ बिहिबार १४:१, काठमाडौँ

आज कर्णाली बाहेकका सबै जिल्लाका धेरै ठाउँमा मध्यमदेखि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार यतिबेला (बिहीबार दिउँसो) अर्घाखाँची, गुल्मी, प्युठान, बर्दिया, सिन्धुपाल्चोक, सोलुखुम्बु लगायत कर्णालीबाहेक सबै प्रदेशका विभिन्न जिल्लामा चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ। 

आज कोसी प्रदेशको पहाडी र तराई क्षेत्रका एकदुई ठाउँमा मध्यमदेखि भारी वर्षा हुने सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

देशैभरीका पहाडी क्षेत्रका केही ठाउँमा र बाँकी भूभागका थोरै ठाउँमा आज पानी पर्न सक्ने अनुमान पनि महाशाखाको छ। 

यसले खेतबारीको काम, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ। 

हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव छ। त्यसैगरि भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावसमेत नेपालको मौसममा परेकाले धेरैतिर वर्षा भइरहेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad