समाज


वीरगन्ज झडप : ५ बुँदे सर्वपक्षीय सहमति, दोषीमाथि कानुनी कारबाही गर्ने

वीरगन्ज झडप : ५ बुँदे सर्वपक्षीय सहमति, दोषीमाथि कानुनी कारबाही गर्ने

नेपालखबर
चैत ३१, २०८१ आइतबार १८:३९, काठमाडौँ

हनुमान जयन्तीको शोभायात्राको क्रममा भएको विवाद झडपमा परिणत भएपछि आशान्त बनेको वीरगन्जमा दोषीमाथि कारबाही गर्ने र समाजिक सद्भाव कायम राख्ने सर्वपक्षीय सहमति भएको छ। 

जिल्ला प्रशासन कार्यालय पर्साको पहलमा आइतबार दिनभर भएको सर्वपक्षीय भेलामा ५ बुँदे सहमति भएको हो।

भेलापछि भएको निर्णयमा घटनामा संलग्न दोषीहरुमाथि विस्तृत छानविन गरी कारबाही गर्ने,  सामाजिक सदभाव र सहिष्णुता कायम राख्ने, घाइते भएका व्यक्तिहरुको निःशुल्क उपचार तथा क्षतिको क्षतिपूर्तीका लागि प्रशासनले पहल गर्ने विषय उल्लेख छ।

शनिबार दिउँसो ५ बजेतिर शोभायात्रामा निस्केको समूहमाथि  वीरगन्जको श्रीराम हलस्थित जामा मस्जिदबाट एक्कासी ढुंगा प्रहार गरेकोले दुवै पक्षबीच झडप सिर्जना भएको थियो।

झडपमा  मोटरसाइकल र पसलको फ्रिज बाहिर निकालेर आगजनी भएको थियो।झडप नियन्त्रण गर्न प्रहरीले  ५ सेलअश्रुग्यास प्रहार गरेको थियो।

झडपमा पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना प्रहरीसहित करिब ४० जना घाइते भएका थिए।

शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबीच भएको विवाद बढ्दै गएपछि २४ घण्टा लामो कर्फ्यु  लगाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad