समाज


सिरहामा खैरो हेरोइनसहित तीन जना पक्राउ

सिरहामा खैरो हेरोइनसहित तीन जना पक्राउ

नेपालखबर
चैत २५, २०८१ सोमबार २०:१२, काठमाडौँ

सिरहामा लागुऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहानको टोलीले बिगतमा पनि लागुऔषधको कारोबार गरेका तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिरहाकै धनगढीमाई नगरपालिका ९ का २२ वर्षका पवनकुमार साह, २३ वर्षका अंकेश कुमार महतो र २० वर्षका लालबाबु राय रहेका छन्। उनीहरु तीनैजनाको साथबाट खैरोहेरोइन बरामद गरेको प्रहरीले जनाएको छ।

पवनको साथबाट तराजु, अंकेशको साथबाट १५ ग्राम र लालबाबुको साथबाट ३१ ग्राम खैरो हेरोइन बरामद गरेको छ। उनीहरु तीनैजना यसअघि २०८१ साउन १३ गते पनि लागु औषध खैरोहेरोइनसहित पक्राउ परेर अदतलबाट मंसिर २० गते ४ महिना कैदको फैसला भएको थियो।

उक्त फैसलापछि पनि उनीहरु भने लागुऔषधकै काकरोबारमा रहेको खुलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad