समाज


म्यानमारका भूकम्पपीडितको उपचारमा नेपाली सेना (तस्बिरहरू)

म्यानमारका भूकम्पपीडितको उपचारमा नेपाली सेना (तस्बिरहरू)

नेपालखबर
चैत २२, २०८१ शुक्रबार १२:५३, काठमाडौँ

म्यानमार भूकम्पका घाइतेको उपचार गर्दै नेपाली सेना, यामेथिनमा मेडिकल क्याम्प म्यानमार भूकम्पका घाइतेहरूलाई नेपाली सेनाको चिकित्सक टोलीले स्वास्थ्य उपचार प्रदान गरिरहेको छ। 

म्यानमारमा हालै गएको विनाशकारी भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारको सिलसिलमा नेपाली सेनाको चिकित्सकीय टोलीले म्यानमारको मन्डले क्षेत्रअन्तर्गत यामेथिन शहरमा मेडिकल क्याम्प स्थापना गरेको छ। त्यहाँको क्याम्पबाट प्रभावितहरूलाई स्वास्थ्य सहायता प्रदान गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

चैत २० गते बुधबार भूकम्पपीडितलाई राहत लिएर नेपाली सेनाको टोली म्यानमार प्रस्थान गरेको छ। हालै गएको विनाशकारी भूकम्पका कारण भएको क्षतिपछि सरकारले नेपाली सेनाको टोली मेडिकल सामाग्रीसहित पठाउने निर्णय गरेको थियो। 

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, चार जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बरसहित २२ जनाको टोली सेनाको सीएन–२३५ सीएएसए विमानमार्फत म्यानमार गएको थियो। 

विभिन्न औषधि तथा सामग्रीहरूसहित शल्यचिकित्सक, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू म्यानमार गएका हुन्। उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको उपचार गर्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad