ad ad

समाज


वुहान दुई महिनाको लकडाउनपछि खुला, रेल सेवा एक हप्ताका लागि बुक भइसके

वुहान दुई महिनाको लकडाउनपछि खुला, रेल सेवा एक हप्ताका लागि बुक भइसके

नेपालखबर
चैत १५, २०७६ शनिबार १२:२९,

दुई महिना पुरा लकडाउन भएपछि १ करोड १० लाख जनसंख्या भएको वुहान शहर आशिंक रुपमा खुलेको हो।

कोरोना संक्रमित र मृतक दर घटेपछि केहीदिन अगाडि वुहान खुला गर्ने निर्णय भएको थियो। अप्रिल ८ बाट वुहान पूर्ण खोलिनेछ।

लकडाउन आशिंक रुपमा खोलिएसँगै वुहानमा मानिसहरु भित्रन थालेका छन्। वुहानका नागरिक पनि अन्य शहर जान थालेका छन्।

एएफपीका अनुसार शनिबार वुहानका रेल स्टेसनहरुमा मानिसहरुको भीड लागेको थियो। मानिसहरु लगेज बोकेर हिँडिरहेको दृश्यहरु देखिएका थिए।

रेल सेवा संचालनमा आएपछि वुहानको रेल सेवा एक हप्तासम्मका लागि बुक भइसकेको बताइएको छ। मानिसहरुले विभिन्न स्थानमा जानका लागि एडभान्स बुकिङ गरेको द गार्जिएनले जनाएको छ।

वुहानमा यतिबेला कोरोना संक्रमित शुन्य छन्। हुपेइ स्वास्थ्य आयोगकका एक अधिकारी लिउ दोङ्रु भन्छन्,‘कोरोना संक्रमित शुन्य छन् भन्दैमा संक्रमणको खतरा शुन्य छ भन्नुहुन्न।’

चीनमा कोरोनाको प्रभाव घट्दा बाहिर बढ्यो

 शनिबारको तथ्यांकअनुसार कोरोना भाइरस ‘कोभिड १९’ बाट संक्रमित हुनेको संख्या ६ लाखभन्द बढी पुगेको छ।

कोरोनाबाट बिरामी हुनेको संख्या ६ लाख १३ हजार ८८२ पुगेको हो। यस्तै यस भाइरसबाट मृत्यु हुनेको संख्या २८ हजार २१३ पुगेको छ।

हालसम्म १ सय ९० भन्दा बढी मुलुकमा फैलसकेको कोरोना भाइरसका कारण यतिबेला अमेरिकामा सबैभन्दा बढी संक्रमित छन्।

मृतकको संख्या हेर्दा इटलीमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ।

कोरोनाको उद्गमस्थल चीनमा भने हाल कोरोनाको प्रभाव घट्दै गएको छ। चीनबाहिर भने कोरोनाको संक्रमणले सन्त्रास फैल्याएको छ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित पाँच मुलुक

१. अमेरिकाः १ लाख ४२ हजार ५६ संक्रमित, १७ सय ४ को मृत्यु

२. इटलीः ८६ हजार ४९८ संक्रमित, ९ हजार १३४ को मृत्यु

३. चीनः ८१ हजार ३९४ संक्रमित, ३२ सय ९५ को मृत्यु

४. स्पेनः ७२ हजार २४८ संक्रमित, ५ हजार ६९० को मृत्यु

५. जर्मनीः ५३ हजार ३४० संक्रमित, ३९५ को मृत्यु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .