अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको पोखरा महानगरपालिका वडा नं. २७ का वडासचिव प्रभात लामिछानेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
वडासचिव लामिछानेले सेवाग्राहीसँग जन्म दर्ता र अन्य कागजातमा जन्म मिति सच्याउनका लागि सेवाग्राहीसँग घुस माग गरेको अख्तियारको आरोप छ।
उनले भने बमोजिमको व्यक्तिको बैंक खातामा सेवाग्रहीले घुस÷रिसवत वापत २ लाख ५० हजार रुपैयाँ जम्मा गरेको र उक्त रकम लिएको लामिछानेले स्वीकारसमेत गरेको अख्तियारको दाबी छ।
लामिछानेले प्रतिवादी दिनेश लामिछानेको पहिले नै दिनेश दयालु लामिछाने नामबाट जन्म दर्ता, जन्म मिति कायम गरी दर्ता भईसकेको अवस्थामा पुनः दिनेश लामिछानेको नाममा जन्म मिति र जन्म दर्ता राखी आफूले निर्वाह गर्नुपर्ने पदीय अधिकारको दुरुपयोग गरी दिनेश लामिछानेको नाम, जन्म दर्ताको मिति, एकै व्यक्तिको फरक–फरक दोहोरो जन्मदर्ता समेतका विवरण झुट्टा गलत लिखत (दोहोरो जन्म दर्ता) तयार गरी दिने प्रयोजनार्थ घुस/रिसवत माग गरेको अख्तियारले जनाएको छ।
वडासचिव लामिछानेसहित घुस दिन व्यक्तिउपर आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।
Shares

प्रतिक्रिया