नेपाली सेनामा रिक्त ७ जना महासेनानीमा बढुवा गर्ने निर्णय भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख सेनानीबाट ७ जनालाई महासेनानीमा बढुवा गर्ने निर्णय गरेको हो।
महासेनानीमा बढुवा हुनेमा विजय बस्नेत, प्रदीप थापा, कञ्चनकृष्ण बस्नेत, जीवन शर्मा, प्रज्ज्वल थापा, विकास केसी र चन्द्रशेखर काप्री रहेका छन्।
पटकपटक गरी महासेनानीहरू सहायक रथीमा बढुवा भएपछि रिक्त स्थानमा उनीहरूलाई बढुवा गरिएको हो।
अब प्रधानसेनापतिले दर्ज्यानी चिह्न प्रदान गरेसँगै उनीहरूको पदस्थापन हुनेछ।
1.6k
Shares

प्रतिक्रिया