समाज


पूर्वमुख्यसचिव गौतमको निधन

पूर्वमुख्यसचिव गौतमको निधन

नेपालखबर
चैत १२, २०८१ मंगलबार १८:५, काठमाडौँ

नेपाल सरकारका पूर्वमुख्य सचिव दामोदरप्रसाद गौतमको निधन भएको छ। कलेजोसम्बन्धी समस्याबाट पीडित ८६ वर्षीया गौतमको मंगलबार बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। 

२०४७ देखि २०४९ सम्म मुख्यसचिव रहेका उनी २०५५-०५७ सम्म संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूतसमेत भएका थिए । 

२०१८ सालमा शाखा अधिकृतको रुपमा सरकारी सेवामा प्रवेश गरेका गौतम घरेलुको निर्देशक, चिया विकास इलामको निर्देशक, पर्यटन र वाणिज्य मन्त्रालयको सचिव, अर्थ मन्त्रालयको अतिरिक्त सचिव हुदै २०४७ सालदेखि २०४९ सम्म मुख्यसचिव बनेका थिए। 

बाराको कलैयामा १९९४ मा जन्मिएका गौतम २०३१ देखि ललितपुर बस्दै आएका थिए। उनका २ छोरी र १ छोरा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad