समाज


आज देशका धेरै भूभागमा मेघ गर्जनसहित पानी पर्ने अनुमान

कोसी र मधेसका केही क्षेत्रमा वर्षा जारी
आज देशका धेरै भूभागमा मेघ गर्जनसहित पानी पर्ने अनुमान

फाइल तस्बिर


नेपालखबर
चैत ९, २०८१ शनिबार ७:२०, काठमाडौँ

हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुकोसमेत आंशिक प्रभाव रहेको छ।

यतिबेला (शनिबार बिहान) कोसी तथा मधेस प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। 

कोसी र मधेस प्रदेशका एकदुई स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। यी दुई प्रदेशका केही भूभागमा राति पनि वर्षा भएको थियो। 

देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो पनि देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थनमा दिउँसो मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। 

देकका बाँकी प्रदेशका एकदुई स्थानमा पनि मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ। 

कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो हल्का हिमपातकोसमेत रम्भावना छ। 

आज राति पनि कोसी, मधेस र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। 

कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।  

त्यसैगरि कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति पनि हल्का हिमपातकोसमेत रम्भावना छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad