समाज


मोरङमा आगलागीबाट २१ वटा घरगोठ जले, चार वर्षीया बालिकाको मृत्यु

मोरङमा आगलागीबाट २१ वटा घरगोठ जले, चार वर्षीया बालिकाको मृत्यु

नेपालखबर
चैत ६, २०८१ बुधबार १६:४१, काठमाडौँ

मोरङको धनपालथान गाउँपालिका–७ का अमित मियाँको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा घर भित्र रहेकी उनको ४ वर्षीया छोरी रेस्मा खातुनको जलेर मृत्यु भएको छ। 

चैत ५ गते दिउँसो साढे १२ बजे विद्युत् सर्टभई घरमा आगलागी भएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव तथा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया सहितको प्रहरी टोली घटनास्थल पुगेको थियो। 

स्थानियबासी र ५ वटा दमकलको सहयोगमा प्रहरीले पौने २ बजे आगो नियन्त्रण गरेको थियो। आगलागीबाट नजिकमा रहेका १३ घर परिवारको फुसको १६ वटा घर, भान्सा घर ३ र गोठ २ वटा जली नष्ट भएको थियो।  

यसैगरी दिउँसो पौने ३ बजे उदयपुर चौदण्डीगढी नगरपालिका–७ का शरण कुमार राईको घरमा विद्युत् सट भई आगलागी हुदाँ चार वटा घरमा क्षति भएको छ।

नजिकमा रहेको सर्वधन राई र कालुमान राईको घर समेतमा आगलागो फैलिई पुर्णरुपमा जली नष्ट भएको, सोही घर नजिक रहेको ४ वटा घर आंसिक क्षति हुँदा करिव १ करोड २२ लाख बराबरको क्षति भएको छ। 

उक्त आगो इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले स्थानियबासी र ३ वटा दमकलको सहयोगमा साँझ ५ बजे पूर्णरुपमा नियन्त्रणमा लिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad