समाज


२० करोड बरामद ट्रकका चालक सिन्धुपाल्चोकका

२० करोड बरामद ट्रकका चालक सिन्धुपाल्चोकका

नेपालखबर
चैत ५, २०८१ मंगलबार ११:५९, काठमाडौँ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखामा २० करोडभन्दा बढी रकम बरामद गरेको ट्रकका चालक सिन्धुपाल्चोकको भएको खुलेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दिएको जानकारीअनुसार उक्त रकम बरामद ना७ख १६५२ नम्बरको ट्रकका चालक सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-१, का ४३ वर्षीय कुसाङ लामालाई नियन्त्रणमा लिइएको हो।

उनको ट्रकबाट ठूलो परिमाणमा रकम बरामद भएको छ’, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले नेपालखबरसँग भन्यो, ‘यत्ति नै भनेर अहिले भन्न सकिन्न, गन्ती हुँदैछ।’ तर प्रारम्भिक अनुमानमा रकम २० करोडभन्दा माथि नै छ। 

‘यस विषयमा अहिले दिउँसो साढे १ बजे पत्रकार सम्मेलन गरी हामी आधिकारिक र विस्तृत जानकारी दिनेछौँ’, कार्यालय स्रोतले भन्यो। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका-१ झोर क्षेत्रबाट ट्रकमा रहेको २० करोड रकमसहित चालक कुसाङलाई गएराति पक्राउ गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad