कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले गरेको लकडाउनको अवज्ञा गर्ने ६६ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।
लकडाउनको तेश्रो दिन बिहीबार जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म पक्राउ परेका ६६ जनलाई जिल्ला सुरक्षा समिति धनुषाको निर्णय अनुसार जनही एक सय रुपैयाँ जरिवाना गरी छाडिएको जनाएको छ।
यस्तै लकडाउनको अवज्ञा गर्ने २३ वटा सवारीसधान पनि बिहीबार नियन्त्रणमा लिएको छ। ती सवारीसानहरुलाई लकडाउन पश्चत आवश्यक कारबाही गरेर छाडिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रतिक्रिया