ad ad

समाज


यस्ता व्यक्तिमा हुन्छ कोरोना संक्रमणको उच्च जोखिम, बच्नलाई यसो गर्नुहोस्

यस्ता व्यक्तिमा हुन्छ कोरोना संक्रमणको उच्च जोखिम, बच्नलाई यसो गर्नुहोस्

नेपालखबर
चैत १३, २०७६ बिहिबार १३:२२,

कोरोनाको संक्रमणले लाखौं मानिस बिरामी परेका छन् भने हजारौंको ज्यान गुमिसकेको छ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनालाई महामारी घोषणा गरेपछि विभिन्न देशहरु लकडाउन भएका छन्।

कोरोनाका कारण विभिन्न देशबीचको व्यापार तथा पर्यटन ठप्प हुँदा यतिबेला विश्वको अर्थतन्त्रमा ठूलो धक्का लागेको छ।

संकटको घडीमा विभिन्न देशले कोरोनाको संक्रमण फैलन नदिन विभिन्न उपाय अबलम्बन गरेका छन्।

यसबीचमा कस्ता मानिसहरुमा यो भाइरसको संक्रमण उच्च हुन्छ र यसबाट बच्न के गर्नुपर्छ भन्नेबारे सबैलाई चासो छ। यहाँ बेलायती सरकारले जारी गरेको सन्देश उल्लेख गरिएको छ।

कस्ता मानिसमा कोरोनाको जोखिम उच्च हुन्छ?

बेलायती सरकारको अनुसन्धानअनुसार ७० वर्षमाथिका मानिस र स्वास्थ्य अवस्था बिग्रिएका मानिसहरुमा कोरोना भाइरस ‘कोभिड–१९’ संक्रमणको जोखिम उच्च हुन्छ।

स्वासप्रस्वासका समस्या भएका मानिस र ७० वर्षमाथिका मानिसले आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने सरकारको वेबसाइटमा सुझाब दिइएको छ।

यस्तै मुटुका रोगी, धेरै तौल भएका मानिस र एचआइभी र एड्स लागेका मानिस पनि कोरोना भाइरसको उच्च जोखिममा रहेको उल्लेख गरिएको छ।

शरीरको अंग प्रत्यारोपण गरिएका व्यक्ति, क्यान्सर लागेका, केमियोथेरापी गरिरहेका मानिसमा कोरोनाको जोखिम हुन्छ।

उच्च जोखिम कसलाई?

–७० वर्षमाथिका मानिस

–आस्थ्मा भएका मानिस, घातक मुटुको रोगी, घातक किड्नीको रोगी

–मस्तिष्क सम्बन्धी रोग लागेका मानिस

–डाएबेटिज भएका मानिस

–प्रतिरोधात्मक क्षमता कम भएका मानिस। जस्तै एचआइभी र एड्स लागेका मानिस

–धेरै ओजन भएका मानिस

–गर्भवती महिला

–शरीरको अंग प्रत्यारोपण गरिएका व्यक्ति

–क्यान्सर लागेका व्यक्ति, केमियोथेरापी गरिरहेका मानिस

–ब्लड क्यान्सर भएका मानिस

कोरोनाभाइरसको लक्षण के–के हुन्?

यस भाइरसले निमोनिया निम्त्याउँछ। जो कोरोनाबाट संक्रमित बन्छन् ती व्यक्तिमा कफ हुने, लामो समय ज्वरो आउने, सास फेर्न गाह्रो हुने, शरीर दुख्ने, नाकबाट पानी निस्कने, घाँटी दुख्ने, सुख्खा खोकी लाग्ने संकेत देखिन्छ।

संक्रमण गम्भीर बनेको अवस्थामा मानिसका अंगले काम गर्न छाड्छ। भाइरल निमोनिया निम्त्याउने भएकाले यसको संक्रमणपछि एन्टीबायोटिकले काम गर्दैन। फ्लूविरुद्ध प्रयोग हुने औषधिले यस भाइरस मार्न सक्दैन। संक्रमणबाट निको हुने सम्भावना मानिसमा रहेको प्रतिरक्षा प्रणालीमा निर्भर हुन्छ। कोरोनाबाट धेरै ज्यान गुमाउनेहरु अस्वस्थ्य मानिसहरु हुन्।

मानिसबाट सर्छ कोरोना भाइरस?

यस नयाँ कोरोनाभाइरस मानिसदेखि मानिसमा अत्यधिक सरेको देखिएको छ। कोरोना संक्रमितसँग नजिकैबाट बोल्दा उनको थुक, कफको थोपाबाट यस भाइरस सर्छ। कोरोना संक्रमितले छोएको बस्तुसँग मानिसको मुख, नाक र आँखा सम्पर्कमा आए यस भाइरस सर्छ।

कफ भएको अवस्थामा के गर्ने?

बेलायतको स्वास्थ्य अधिकारीहरुले कफ भएको अवस्थामा अस्पताललाई खबर गर्न सुझाव दिएको छ। कोरोनाको कुनैपनि लक्षण देखिए अस्पताल भर्ना हुनुपर्छ।

कोरोनाभाइरस प्रभावित क्षेत्रबाट भ्रमण गरेर फर्केको भए घरभित्रै कोहीसँग सम्पर्कमा नआएर बस्नुपर्छ। यस्तै अस्पतालमै उपचार गराउन चिकित्सकहरु सुझाव दिन्छन्।

कोरोनाबाट कसरी बच्ने?

हालसम्म कोरोनाको औषधि बनिसकेको छैन। विश्व स्वास्थ्य संगठनले विश्वभर २० भन्दाबढी कोरोनाको भ्याक्सिन बनिरहेको बताएको छ। केही भ्याक्सिन अमेरिकाले परीक्षण गरिरहेको छ। तत्काललाई कोरोनाबाट बच्न हामीले कोरोनाबाट संक्रमित बिरामीसँग सम्पर्क गर्नुहुन्न।

मुख र नाक मास्कले छोप्नुपर्छ। कफ र नाकबाट पानी बग्ने समस्या भए त्यसलाई हातले छुनुहुन्न। साबुन पानीले लगातार हात धुने गर्नुपर्छ।

विश्व स्वास्थ्य संगठनले दिएका सुझाव यसप्रकार छन्ः

–स्पिरिट वा तातो पानी र साबुनले नियमित हात धुनुहोस्। २० सेकेन्डसम्म हात धुनुपर्छ।

–हाच्छ्युँ गर्दा वा खोक्दा रुमाल वा टिस्यु पेपरले मुख छोप्नुहोस्

–ज्वरो र खोकी लागेका मानिससँग निकट सम्पर्क नराख्नुहोस्

–ज्वरो, खोकी वा श्वासप्रश्वासमा समस्या देखिए तुरुन्तै अस्पताल जानुहोस् र चिकित्सकलाई आफ्नो यात्राको विवरण दिनुहोस्

–जीवजन्तुबाट उत्पादित खानेकुरा काँचै तथा कम पकाएर नखानुस्। मासु वा दूधजस्ता खानेकुरा तयार गर्दा काँचोबाट पाकेकामा संक्रमण हुन नदिनोस्। (द सनसहित अन्य अन्तर्राष्ट्रिय संचारमाध्यमबाट साभार)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .