ad ad

कारोबार


विद्युतको बिल समयमा बुझाउन नसके हर्जाना नलिन निर्देशन

विद्युतको बिल समयमा बुझाउन नसके हर्जाना नलिन निर्देशन

नेपालखबर
चैत १३, २०७६ बिहिबार १३:१६,

नेपाल विद्युत प्राधिकरणले मटर रिडिंग, मासिक बिल भुक्तानीलगायतका काम समयमा हुन नसेकमा हर्जाना नलिन प्रवर्द्धक कम्पनीहरुलाई निर्देशन दिएको छ।

प्राधिकरणको विद्युत व्यापार विभिागबाट बिहीबार सबै विद्युत आयोजनाका प्रवर्द्धक कम्पनीहरु (विद्युत खरीद बिक्री सम्झौता सम्पन्न भई सञ्चालनमा रहेका आयोजनाहरुसमेत) लाई जारी गरिएको सूचनामा असामान्य परिस्थितिका कारण बिल भुक्तानी समयमै हुन नसके क्षतिपुर्ती वा हर्जाना बुझाउनु नपर्ने व्यवस्था आकर्षित हुने जनाएको छ।

प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ, ‘कोरोना भाइरस महामारी रोगका कारण विद्युत खरीद बिक्री सम्झौता (पीपीए) मा उल्लेखित काबु बाहिरको परिस्थिती उत्पन्न भएको हुँदा सञ्चालनमा रहेका निजी क्षेत्रका विद्युत आयोजनाहरुको मिटर रिडिंग, मासिक बिल भुक्तानी तथा सो सम्बन्धी अन्य कार्यहरु समयमा गर्न नसकिएमा काबु बाहिरको परिस्थितीका कारण दायित्व पुरा गर्न नसकिएको मानिने र क्षतिपुर्ती वा हर्जाना बुझाउनु नपर्ने व्यवस्था आकर्षित हुने व्यहोरा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता गरेका सम्पुर्ण सम्बन्धित प्रवद्र्वक कम्पनीहरुलाई अनुरोध गरिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .