समाज


मोहना नदीमा डुबेका दुई किशोरको शव फेला

मोहना नदीमा डुबेका दुई किशोरको शव फेला

मोहना नदी


नेपालखबर
चैत १, २०८१ शुक्रबार १९:५१, काठमाडौँ

मोहना नदीमा नुहाउनेक्रममा बेपत्ता दुई जना किशोरको शव फेला परेको छ।  कैलालीको धनगढी उपमहानगरपालिका-१९ बाइसघरस्थित मोहना नदीमा शुक्रबार दिउँसो नुहाउने क्रममा बेपत्ता भएका सोही ठाउँका १५ वर्षका दिनेश ओझा र १५ वर्षका आशिष बोहराको शव सशस्त्र प्रहरीले फेला पारेको हो। 

घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल बीओपी लल्लिपुर र बीओपी फूलबारीबाट खटिएका सशस्त्रको टोलीले उनीहरूको खोजी गरेको थियो।  

सशस्त्र प्रहरीले खोजी गर्ने क्रममा ओझाको शव डुबेकै स्थानमा फेला परेको थियो भने बोहराको शव डुबेको स्थाननजिकै फेला पारेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad