ad ad

समाज


लन्डनमा कोरोना संक्रमित नेपाली महिला भइन् डिस्चार्ज, यस्तो छ अवस्था

लन्डनमा कोरोना संक्रमित नेपाली महिला भइन् डिस्चार्ज, यस्तो छ अवस्था

नेपालखबर
चैत १३, २०७६ बिहिबार ३:२२,

लन्डनमा कोरोना संक्रमण भएर उपचार गराइरहेकी नेपाली महिला डिस्चार्च भएकी छन्।

लमजुङ स्थायी घर भएकी भगवती रानाभाट कोरोना भाइरसबाट संक्रमति भएपछि लन्डनको नर्थविक पार्क हस्पिटलमा भर्ना भएकी थिइन्।

तर स्वास्थ्य सुधार भएपछि उनलाई मंगलबार डिस्चार्ज गरिएको उनको पारिवरिक स्रोतले जानकरी दिएको छ।

यद्यपि उनलाई पूरा निको भने नभएको उनका श्रीमानले बताएका छन्।

अस्पताल र डाक्टरले आफ्नो स्वास्थ्यबारे स्पष्टसँग जानकारी नदिएको भगवतीले गुनासो गरेकी छन्।

अस्पतालले उनलाई ७ दिनका लागि औषधि दिएको छ भने उनको परिवारलाई १४ दिनसम्म सेल्फ आइसोलेसनमा बस्न सल्लाह दिएको छ।

भगवती लन्डनस्थित घरको भुइँतलामा बसेकी छन् भने श्रीमान् र छोराछोरी माथिल्लो तलामा बसेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .