ad ad

समाज


महोत्तरीमा ५१ शय्याको क्वारेन्टाइन तयार, अप्ठ्यारोमा सहयोग गर्ने दाता बढ्दै

महोत्तरीमा ५१ शय्याको क्वारेन्टाइन तयार, अप्ठ्यारोमा सहयोग गर्ने दाता बढ्दै

नेपालखबर
चैत १३, २०७६ बिहिबार ३:२५,

कोरोना सङ्क्रमण रोक्न महोत्तरीमा धमाधम क्वारेन्टाइन बनाइँदैछन्।

जिल्लामा भारत र अन्य मुलुकबाट घर फर्कनेहरु थपिदै जाँदा उनीहरुलाई सुरक्षित राख्न क्वारेन्टाइन बनाउन थालिएको हो।

जलेश्वर, बर्दिवास र पिपरामा गरी ५९ श्ययाको क्वारेन्टाइन तयार भएको छ। यसैगरी जिल्लाका सबै (१५वटै) स्थानीय तहमा क्वारेन्टाइन निर्माण गर्न आवश्यक समन्वय भइरहेको जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए।

यसैबीच क्वारेन्टाइन बनाउन ठाउँको खोजी भइरहेका बेला राजपा नेपालकी नेतृ तथा प्रतिनिधिसभा सदस्य निर्जला राउतले बर्दिवास–१४ स्थित आपूmले सञ्चालन गर्दै आएको होटल पावन मिथिलाको भवन उपलब्ध गराइने बताएकी छन्।

यसैगरी बर्दिवास–१४ स्थित होटल शुभसन्ध्या पनि आवश्यकताअनुसार क्वारेन्टाइनका लागि प्रयोग गर्न सकिने होटलका प्रबन्धक दीपक कार्कीले बताए।

सरकारले कोरोना सङ्क्रमण बढ्न नदिन गत मङ्गलबारदेखि एकहप्ते ‘लकडाउन’ शुरु गरेसँगै महोत्तरीमा बजार, यातायात बन्द गरिएका छन्।

जिल्लाका ११ भारतीय सीमावर्ती नाका यसअघि गत आइतबार नै बन्द गरिएका छन्। जिल्ला प्रशासनले गत शुक्रबार कतार एयरवेजबाट मुलुक फर्केकामध्ये महोत्तरीका ११ मध्ये पाँच सम्पर्कमा आएका जनाएको छ।

पाँचै जना परिवारसहित क्वारेन्टाइनमा रहेका छन्। अन्य छ जनाको खोजी भइरहेको छ।

सरकारले लकडाउन गरेयता व्यापार व्यवसाय रोकिएपछि बर्दिवास–१ का हर्कबहादुर तामाङले आफ्नो घरका १७ सटर (व्यापार प्रयोजनका कोठा) को भाडा कोरोनाको असर रहुञ्जेल नलिने घोषणा गरेका छन्।

बर्दिवास उद्योग वाणिज्य सङ्घले गत आइतबार कोरोना सङ्क्रमण बढ्न नदिन बजार, बन्द व्यापार बन्द गर्ने निर्णय गरेसँगै घरधनीलाई भाडा मिनाहा गर्न आग्रह गरेपछि तामाङले यस्तो घोषणा गरेका हुन्।

तामाङले आफ्नो १७ सटरबाट मासिक पाँच लाख भाडा लिँदै आएका छन्। यसैगरी अन्य घरधनीलाई पनि फराकिलो मन बनाउन संघका अध्यक्ष प्रल्हाद क्षत्रीले आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .