समाज


राशिफल २२ फागुन : मिथुनले अवरोध सामना गर्नुपर्ने, सिंहको कलाले अरूलाई मोहित पार्ने, तपाईँको के?

राशिफल २२ फागुन : मिथुनले अवरोध सामना गर्नुपर्ने, सिंहको कलाले अरूलाई मोहित पार्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
फागुन २२, २०८१ बिहिबार ४:३७, काठमाडौँ

आज बिहीबार, २२ फागुन २०८१ (६ मार्च २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। लामो समयदेखि रोकिएको कार्यले पूर्णता पाउनेछ। सुरु गरेको काम आरामपूर्वक सम्पन्न हुनेछ। बोलीवचनमा भने संयम हुनुपर्ने देखिन्छ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले मनमा असल भाव राख्ने। पश्चिम दिशाको यात्रा नगर्ने।

वृष : अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। नयाँ काम सुरु गरिनेछ। शुभ समाचार सुन्न पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्।

भाग्यशाली रङ निलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क६७  प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

मिथुन : स्वास्थ्यप्रति सजग रहनु होला। काममा अवरोध सृजना हुन सक्ने सम्भावना रहेकोले सङ्घर्षको सामना गर्नुपर्नेछ। यात्रामा पनि सावधानी अपनाउनु पर्नेछ। साँझमा दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ।

भाग्यशाली रङ रातो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४७, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४८, यात्राको योग ३४ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कर्कट : लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। तपाईँको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ। सेयर बजारले राम्रै साथ दिनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ७९, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। सजिलै अरूको विश्वास नगर्ने।

सिंह : आँटे-ताकेको पूरा होला। शुभकार्यको चर्चा चल्नेछ। रोकिएका काम सञ्चालन हुनेछन्। नसोचेको ठाउँबाट धनागम हुनेछ। आफ्नो कलाले अरूलाई मोहित पार्न सकिनेछ। प्रविधिका क्षेत्रमा पनि उन्नति हुने देखिन्छ। कुनै कुराले मनमा शान्ति छाउनेछ।

भाग्यशाली रङ खैरो हो भने अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ७० र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। पहेँलो रङको प्रयोग नगर्ने।

कन्या : हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ। काम गर्ने जोस, जाँगर र उमङ्ग बढ्नेछ। आफन्त, सहयोगी र मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन सक्छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ।

भाग्यशाली रङ निलो हो भने अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६९, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। छलकपट नगर्ने।

तुला : नजिकका व्यक्तिबाट काममा बाधा आउला। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। स्वास्थ्य प्रतिकूल रहन सक्छ, सचेत रहनु होला। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। साँझमा शुभ समाचार मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३६, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। छलकपट नगर्ने।

वृश्चिक : आँटेको काम फाइदामा सम्पन्न हुनेछ। रमणीय र सुखद यात्राको योग छ। वैदेशिक कार्यमा सफलता मिल्नेछ। सांस्कृतिक कृत्यमा रुचि बढ्नेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। तर बोलीवचनमा संयमता अपनाउनु पर्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। खैरो रङको प्रयोग नगर्ने।

धनु : समाजसेवाबाट लोकमा प्रसिद्ध भइनेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ। प्रेमी/प्रेमिकाबाट सुख मिल्नेछ। पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा २८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५९, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मकर : धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ। कसैले लगेको धन फिर्ता गर्न आउनेछन्। धार्मिक महत्त्वको क्षेत्रको भ्रमण हुन सक्छ। सजिलै अरूको विश्वास जित्न सकिनेछ। ज्ञान र अध्यात्मको भावना बढ्नेछ।

भाग्यशाली रङ रातो हो भने अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

कुम्भ : आँटेको काममा ढिलासुस्ती हुन सक्छ। किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ। आफूले ठीक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि मिल्ने छैन। तीर्थाटनको योग छ।

भाग्यशाली रङ आकासे र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३०, व्यापारमा ४६, सेयर बजारमा ३१, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूलाई नसताउने।

मीन : अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ला। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। अरूले गरे/भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु नै बुद्धिमानी हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ७०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad