समाज


वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिन्छु भनी ठगी गर्ने तीनजना पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिन्छु भनी ठगी गर्ने तीनजना पक्राउ

नेपालखबर
फागुन २०, २०८१ मंगलबार १८:२७, काठमाडौँ

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानग।पालिका–१७ घर भइ हाल ललितपुर–१४ बस्ने ४६ वर्षीय अंगद कुमार जोशी, गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ घर भइ हाल काठमाडौँ–२६ बस्ने ४७ वर्षीय जगदिश्वर पनेरु र उदयपुरको उदयपुरगढी गाउँपालिका–४ घर भइ हाल काठमाडौँ ३ बस्ने ३३ वर्षीया नरमाया कार्की रहेका छन्।

अंगदकुमार जोशीले जापान पठाउने भन्दै एक जनाबाट ११ लाख ६० हजार रुपैयाँ, जगदीश्वर पनेरुले क्रोयसिया पठाइदिने भन्दै एक जनाबाट २ लाख रुपैयाँ र नर माया कार्कीले पनि क्रोयसिया पठाउने भन्दै एक जनाबाट १ लाख ९९ हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ।

रकम लिएर लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्तका आधारमा काठमार्डाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।

उनीहमाथि थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad