समाज


धुलिखेल अस्पतालको मनोचिकित्सा विभागको टिम नै निलम्बित

धुलिखेल अस्पतालको मनोचिकित्सा विभागको टिम नै निलम्बित

नेपालखबर
फागुन १८, २०८१ आइतबार १७:५७, काठमाडौँ

काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल) का चार चिकित्सक आत्महत्या दुरुत्साहनमा संलग्न भएको आरोपमा निलम्बनमा परेका छन्।  

नेपाल मेडिकल काउन्सिलले अस्पतालको मनोचिकित्सा विभागका सबै चिकित्सक निलम्बन गरेको हो। काउन्सिलका रजिस्ट्रार एवं प्रवक्ता डा सतीशकुमार देवका अनुसार, यसरी अस्पतालको विभागको टिम नै निलम्बनमा परेको यो पहिलो घटना हो। 

अस्पतालमा एमडी प्रथम वर्षमा अध्ययनरत एक विद्यार्थीको आत्महत्या दुरुत्साहनमा संलग्न भएको आरोपमा ती चिकित्सक निलम्बनमा परेका हुन्। 

निलम्बनमा पर्नेहरूमा अस्पतालको मनोचिकित्सा विभागका डा अजय रिसाल, डा दीपक कुँवर, डा वर्षा श्रेष्ठ र डा रिका रिजाल छन्।  

उनीहरूले आत्महत्या प्रयास गर्ने विद्यार्थीलाई यातना दिएको आरोप छ। विद्यार्थीले फागुन ४ गते आत्महत्या प्रयास गरेका थिए।    

काउन्सिलका रजिस्ट्रार देवले घटनाबारे अनुसन्धान भइरहेको बताए।  

'चिकित्सकहरूले ह्‍‍यारेस्मेन्ट गरेको देखिन्छ। त्यसपछि आत्महत्याको प्रयास गरेको देखियो,' उनले नेपालखबरसँग भने, 'अनुशासन तथा आचारण समिति छ। यसैले कारबाही अघि बढाउँछ। यही समितिले बोलाएपछि उनीहरू बयान दिन आइरहेका छन्।'

उनले चिकित्सकहरूसँग आज पनि बयान लिएको बताए।

‘आज पनि बयान लिने काम भयो,’ उनले थपे, ‘अब पीडित पक्षसँग पनि थप छलफल हुन्छ।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad