सोलुखुम्बु लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी भएको छ। विद्युत सर्ट भएर आगो सल्किएको र आगोकै कारण खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भएको गाउँपालिकाकी कार्यालय मीना कार्कीले नेपालखबरलाई जानकारी दिइन्।
'हावाहुरीले धेरै दिनदेखि बिजुली थिएन। आज एक्कासी बत्ति आयो सर्ट भएर आगो लागेछ। आगोले त्यहाँ भएको सिलिन्डर पनि पड्कियो,' उनले भनिन्, 'यो गाउँपालिकाको भाडाको कार्यालय हो। सबै ध्वस्त भएको छ।'
उनका अनुसार गाउँपालिकाको भाडाको उक्त कार्यालयमा प्रधानमन्त्री रोजगार कार्यालय र पूर्वाधार विकास कार्यालय थिए।
'यो भाडाको घर भएकोले यहाँ हाम्रो पालिकाको दुईवटा कार्यालय थिए,' उनले भनिन्, 'यहीँ नजिकै विद्यालय पनि छ। सोही विद्यालयका शिक्षक पनि बस्नुहुन्थ्यो एउटा कोठामा। उहाँको कोठाको सिलिन्डर पड्कियो। घर नै उँड्यो।'
Shares

प्रतिक्रिया