खेल


विराट गोल्डकपको खर्च डेढ करोड, विजेताले ११ लाख रुपैयाँ पाउने

विराट गोल्डकपको खर्च डेढ करोड, विजेताले ११ लाख रुपैयाँ पाउने

नेपालखबर
फागुन १८, २०८१ आइतबार १६:७, विराटनगर

‘विराटनगरको साथ फुटबलको विकास’ भन्ने मूल नाराका विराट गोल्डकप फागुन १९ गतेदेखि २८ गतेसम्म विराटनगरमा आयोजना गरिँदै छ।

विराट गोल्ड कप फुटबल प्रतियोगिता आयोजक समितिले विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा १० टिमले सहभागिता जनाउने बताएको छ। 

प्रतियोगितामा भाग लिने १० वटा फुटबल टिम छनौट भइसकेको छ। प्रतियोगितामा भारतबाट २ वटा टिम र नेपालबाट विभागीय टिमहरू सहित ८ टिमहरू  रहने जनाइएको छ। उद्घाटन खेलमा कोलकता फुटबल क्लब र आयोजक मोरङ ११ का बिचमा हुने संयोजक नवीन रिजालले जानकारी दिए।

यस प्रतियोगिताको संरक्षक र प्राविधिक सहयोगमा कोसी प्रदेश सरकार, प्रदेश खेलकुद विकास बोर्ड, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल सङ्घ, मोरङ उद्योग व्यापार सङ्घ रहेको छ।

फुटबल प्रतियोगिता २०८१ सञ्चालनका लागि कुल अनुमानित खर्च १ करोड ३५ लाख लाग्ने अनुमान आयोजकले गरेको छ।

प्रतियोगिताको विजेतालाई नगद ११ लाख र उपविजेतालाई नगद ५ लाख प्राप्त गर्ने जनाएको छ। उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई १५ हजार, दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र सर्वोकृष्ट खेलाडीलाई ५१ हजार पुरस्कार प्राप्त गर्ने आयोजक रिजालले बताए।

दैनिक प्रतियोगिता हुनु भन्दा अगाडीदेखि राष्ट्रिय स्तरका कलाकारबाट सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ।

खेल क्षेत्रका जानकार सन्तोष बानियाँले खेल क्षेत्रमा विराट गोल्ड कपको योगदान ऐतिहासिक रहेको बताए। 

महेन्द्र गोल्ड कपको इतिहास २०१८ सालदेखि भएकोले यसलाई संरक्षण गर्ने काम भइरहेको विराट गोल्ड कप ट्रष्टका अध्यक्ष किशोर शाहीले जानकारी दिए। उनले प्रदेश सरकारले सहयोग नगरेको भन्दै असन्तुष्टि जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad